दफा १८
सेवाबाट हटाउने तथा दर्जा घटाउने
(१) नेपाल सरकारले नेपाली सेनामा कार्यरत जुनसुकै व्यक्तिलाई पनि सेवाबाट हटाउन वा बर्खास्त गर्न सक्नेछ ।
(२) प्रधान सेनापतिले अधिकृत बाहेक नेपाली सेनामा कार्यरत जुनसुकै व्यक्तिलाई पनि तल्लो तलबमानमा ओहल्न वा दर्जा घटाउन वा सेवाबाट हटाउन सक्नेछ ।
(३) चमु, पृतना, वाहिनी वा सो सरहका पति वा सो सरह अख्तियार पाएका अधिकृतले, अधिकृत र पदिक वाहेक आफ्नो मातहतमा रहेका जुनसुकै व्यक्तिलाई सेवाबाट हटाउन वा दर्जा घटाउन सक्नेछ ।
(४) युनिट, सव–युनिटका कमाण्डिङ्ग अधिकृतले आफ्नो मातहतमा रहेका हुद्दा र सोभन्दा तल्लो दर्जाका सैनिकलाई सेवाबाट हटाउन वा दर्जा घटाउन सक्नेछ ।
(५) यस दफा बमोजिमको अधिकार प्रयोग गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरूको अधीनमा रही गर्नु पर्नेछ ।
(६) यस दफा बमोजिमको कारबाही गर्दा सफाईको मौका प्रदान गरिनेछ ।
(७) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्ति कार्यभारबाट मुक्त भए पछि वा हुने अवस्थामा निजको कमाण्डिङ्ग अधिकृतले निजलाई तोकिएबमोजिमको विवरण खोलिएको प्रमाणपत्र दिनेछ ।